
काठमाण्डु, १५ फागुन– सञ्चार तथा सुचना प्रविधिमन्त्री रेखा शर्माले मिटरब्याज पीडितहरुको सम्बन्धमा सरकार संवेदनशील रहेको बताएकी छन । साथै उनले पीडितहरुलाई काठमाण्डुमा आएर दुःख पाउनुको साटो जिल्ला प्रशासनमा जान सुझाव दिएकी छन् ।
हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै सञ्चारमन्त्री शर्माले यस्तो बताएकी हुन । उनले कानुन बनाउनुका साथै शक्तिशाली आयोग बनाएर मिटरब्याज समस्या सम्बोधन गने प्रयास गरेको बताउका छन ।
यसले ठुलो समस्या समाधान भएको भन्दै उनले भनिन्, ‘पूर्ण रुपमा समाधान भइसक्यो भन्ने होइन । कतिपय कानुनी÷अदालती प्रक्रियामा अड्किएका छन् । कतिपय समाधान गर्न बाँकी पनि छन् ।’
अहिले पनि सरकारले सम्वाद थालिसकेको र सीडीओ कार्यालयमा समिति बनाएर सम्बोधन गर्ने प्रयत्न भइरहेको भन्दै उनले भनिन्, ‘यहाँ आएर दुःख पाउनुभन्दा सम्वन्धित ठाउँमा जानुपर्छ ।’