महिलाको अश्लील तस्बिर खिचेको आरोपमा पक्राउ परेका डिएसपी रिहा

काठमाण्डु टुडे २०८० फागुन १४ गते १९:२८ मा प्रकाशित

काठमाण्डू, १४ फागुन– महिलाको अश्लील तस्बिर खिचेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका डिएसपी तुलसिंह केसी धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत काठमाण्डूले २५ हजार धरौटीमा छाड्न सोमबार आदेश दिएको हो । स्वयम्भूको एक रेष्टुेण्टमा शौचालय गएका बेला मोबाइलबाट महिलाको नग्न तस्बिर खिचेको आरोपमा डिएसपी केसी केही दिनअघि पक्राउ परेका थिए ।

प्रहरी वृत्त स्वयम्भूकी प्रमुख डिएसपी पूर्णिमा चन्दले केसी २५ हजार धरौटी बुझाएर हिरासतमुक्त भएको जानकारी दिइन् ।

केसीविरुद्ध मुलुकी अपराध संहिता– २०७४ को अश्लील किताब, पर्चा इत्यादि बनाउन वा बिक्री गर्न नहुने कसुरमा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us