बालेनविरुद्धको मुद्धामा राष्ट्र बैंकको पक्षमा फैसला

काठमाण्डु टुडे २०८० फागुन १४ गते १९:१४ मा प्रकाशित

काठमाण्डु, १४ फागुन– काठमाण्डु महानगरपालिका र मेय बालेन्द्र साह (बालेन) विरुद्धको मुद्धा नेपाल राष्ट्रबैंकले जितेको छ ।

ललिता निवास क्षेत्रमा निर्मित घरटहरा र संरचना हटाउने महानगरको निर्णयविरुद्ध राष्ट्र बैंकले उच्च अदालत पाटनमा रिट दायर गेरको थियो ।

उच्च अदालतका प्रवक्ता तीर्थराज भट्टराईले महानगरको नाममा अन्तरिम आदेश दिँदै ललिता निवास क्षेत्रको संरचना नहटाउन अन्तरिम आदेश जारी गरेको हो ।

ललिता निवास परिसरमा निर्मित गैरआवासीय नेपाली संघ (एनआरएनए) ले निर्माण गरेको पक्की भवनमा राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभाग, मौद्रिक व्यवस्थापन विभाग र वित्तीय जानकारी इकाई राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us