
कैलाली, १० फागनु–भीमदत्त राजमार्गअन्तर्गत कैलालीको भासुभीर सडक खण्डमा विस्फोट हुँदा चार जना घाइते भएका छन् ।
सडक मर्मतका क्रममा एक्कासि विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटमा एस्काभेटर चालक डडेलधुरा आलिताल गाउँपालिकाका २४ वर्षीय विकास थापा, रोलर अपरेटर सुर्खेतका २२ वर्षीय हीरा थापा, कैलाली चुरे गाउँपालिकाका ४५ वर्षीय वसन्त खड्का र विराटनगरका ३५ वर्षीय नवीन देव छन् ।
उनीहरुको अनुहारसहित शरीरका विभिन्न भागमा चोटपटक लागेको छ । कैलाली प्रहरी प्रवक्ता डिएसपी कुलदीप चन्दले स्फिोट भएको वस्तु के हो भन्नेबारे अनुसन्धान जारी रहेको बताए । यद्यपि विस्फोट भएको वस्तु बम भएको आशंका गरिएको छ ।
के विस्फोट भएको हो भन्नेबारे अध्ययन गर्न अत्तरियाबाट नेपाली सेनाको टोली विस्फोटस्थल पुगेको छ ।