दुर्घाटनामा परेर उपचार नपाउँदा पोर्चुगलमा एक नेपाली महिलाको बिचल्ली

काठमाण्डु टुडे २०८० माघ २७ गते १५:४६ मा प्रकाशित

काठमाण्डु, २७ माघ– रोजगारीका लागि पोर्चुगलमा पुगेकी एक नेपाली चेली सडक दुर्घटनामा परी गम्भीर घाइते भएर उपचार नपाउँदा बिचल्लीमा परेकी छिन् ।

वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्षअघि पोर्चुगल आएकी सिन्धुली जिल्ला मरिण–३ की २९ वर्षीया सुस्मिता मोक्तान उपचार अभावमा बिचल्लीमा परेकी हुन् ।

सडक पार गर्ने क्रममा कारको ठक्करबाट गम्भीर घाइते भएकी उनी औषधि उपचारको अभावमा ओछ्यानमै थलिएर बस्न बाध्य छिन्। गत जनवरी १० तारिखका दिन कामबाट फर्कने क्रममा मोन्तिजोमा साँझ ७ बजेतिर जेब्रा क्रसिङबाट बाटो काट्दै गरेकी उनलाई तीव्र गतिमा आएको कारले एक्कासि ठक्कर दिएको थियो ।

कारको ठक्करबाट गम्भीर घाइते भएकी उनको दाहिने हात र देब्रे हिप भाँचिएको छ। दुर्घटनाले हिपदेखि मुनिको देब्रे खुट्टा नचल्ने भएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us