चीन–किर्गिस्तान सीमामा शक्तिशाली भूकम्प

काठमाण्डु टुडे २०८० माघ ९ गते १२:४८ मा प्रकाशित

एजेन्सी– हिजो सोमबार राति ११ बजेर ३९ मिनेटमा चीन–किर्गिस्तान सीमा क्षेत्रमा ७।२ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको केन्द्रविन्दु दक्षिणी सिनजियाङमा जमिनबाट २२ किलोमिटर तल रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यम हरुले जानकारी दिएका छन ।

भूकम्पमा धेरै भवनहरू भत्किएका छन् भने धेरै मानिस घाइते भएका समाचार एजेन्सी रोयटर्सले जानकारी दिएको छ । भूकम्पपछि ४० वटा परकम्प पनि गइसकेको पनि रोयटर्सले जानकारी दिएको छ ।

भूकम्पको सबैभन्दा बढी प्रभाव उरुम्की, कोरला, काशगर, यिनिङमा महसुस भएको थियो। चीनको सिनजियाङ रेलवे विभागले २७ वटा रेल सञ्चालन रोक्नु परेको जनाएको छ । विभिन्न स्थानमा फसेका मानिसको उद्धार गर्न उद्धारकर्मीको टोली खटाइएको पनि अन्तराष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएका छन ।

चीनमा गएको भूकम्पको प्रभाव भारतमा पनि देखिएको छ । दिल्ली–एनसीआरमा लामो समयसम्म भूकम्पको धक्का महसुस गरिएको थियो। आतंकित मानिसहरु घरबाहिर निस्किएर खुला ठाउँमा पुगेका थिए । यसअघि जनवरी ११ मा अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा दिउँसो २ बजेर २० मिनेटमा शक्तिशाली भूकम्प गएको थियो ।

जसका कारण पाकिस्तानको इस्लामाबाद, रावलपिण्डी र जम्मु कश्मीर, जयपुरदेखि भारतको दिल्ली–एनसीआरसम्म भूकम्पको धक्का महसुस गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us