
एजेन्सी– पाकिस्तानको बलुचिस्तानमा इरानले मिसाइल र ड्रोन आक्रमण सुरु गरेपछि गरेपछि दुई देशबीचको सम्बन्ध निकै तनाव ग्रस्त बनेको छ ।
चरमपन्थी संगठन जैश अल–अद्लको शिविर भन्दै इरानले पाकिस्तानी भूमिमा आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएका छन । इरानले गरेको आक्रमण परेर २ बालकको मृत्यु भएको पाकिस्तानका सञ्चार माध्यमले जानकारी दिएका छन ।
इरानले आक्रमणलाई पाकिस्तानले आफ्नो संप्रभुताको उल्लंघन भन्दै यो आक्रमण अस्वीकार्य रहेको जनाएको छ । पाकिस्तानले चेतावनी दिँदै इरानलाई भनेको छ, ‘बिना कारण हाम्रो हवाइ क्षेत्रको उल्लंघन गर्ने र हाम्रो देशमा हमला गर्ने कामको हामी निन्दा गर्छौं, ‘यो पाकिस्तानी संप्रभुताको उल्लंघन हो र यसको परिणाम गम्भीर हुन सक्छ ।’
पाकिस्तानले हमलाको विरोधमा तेहरानमा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ र पाकिस्तानका लागि इरानी राजदूतदलाई पनि आउन नदिने बताएको छ ।