
एजेन्सी – फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले ३४ वर्षिय युवा गेब्रियल अटल एल लाई प्रधानमन्त्री बनाएका छन । योसँगै अटल फ्रान्सको इतिहासमै सबैभन्दा कम उमेरका युवा प्रधानमन्त्री बनेका छन् ।
अटलले जुनमा हुने युरोपेली संसदीय निर्वाचनमा सरकारको नेतृत्व गर्ने बीबीसीले जानकारी दिएको छ । उनी समलैंगिक हुन् । यसअघि सन् १९८४ मा लरेन्ट फाबियस ३७ वर्षको उमेरमा फ्रान्सको प्रधानमन्त्री बनेका थिए ।
यस रेर्कडलाई तोड्दै अटल फ्रन्सको इतिहासमा नै कम उमेरका प्रधानमन्त्री बनेका हुन । यसअघि २० महिने कार्यकाल सकेसँगै एलिजाबेथ बोर्नले प्रधानमन्त्रीबाट राजीनामा दिएकी थिइन् ।
उनले संसदमा बहुमत जुटाउनको लागि आफ्नो कार्यकालभरी संघर्ष गर्नुपरेको थियो ।उनी मुस्लिम महिला र केटीहरूले लगाउने पहिरनलाई फ्रान्सका विद्यालयहरूमा प्रतिबन्ध लगाउने घोषणा गरेसँगै चर्चा र विवादमा तानिएका थिए ।
यसअघि मात्र ३४ वर्षको उमेरमा फ्रान्सको आधुनिक इतिहासमा सबैभन्दा कान्छो शिक्षामन्त्री भएका थिए । उनले फ्रान्सको शिक्षा प्रणालीमा आफ्नो छाप छोड्ने प्रयास गरेका थियो ।