
एजेन्सी– अमेरिकाको पोर्टल्याण्ड (ओरेगन)बाट ओन्टारियो (क्यालिफोर्निया) गइरहेको अलास्का एयरलाइन्सको विमानमा एउटा अनौठो घटना घटेको छ । हावाको दबाबमा विमानको एक भाग भाँचियो र विमानबाट अलग भएको घटना बाहिरीएको छ ।
यसका बाबजुद यो विमान सकुशल अवतरण भएको थियो । स्थानीय समय अनुसार शनिबार बिहान यो घटना भएको हो । अलास्का एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा १७१ यात्रु र ६ जना चालक दलका सदस्य सवार उक्त विमान पोर्टल्याण्ड अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भएको जानकारी दिएको छ ।
अलास्का एयरलाइन्सले एक विज्ञप्तिमा भनेको छ, ‘पोर्टल्याण्ड, ओरेगनबाट क्यालिफोर्नियाको ओन्टारियोका लागि अलास्का एयरलाइन्सको फ्लाइट १२८२ मा आज साँझ टेकअफ भएको केही समयपछि एउटा घटना भयो। विमानमा १७१ पाहुना र छ जना चालक दलका सदस्यहरू सवार थिए । ’
विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा पाहुना र कर्मचारीहरूको सुरक्षा सधैँ हाम्रो प्राथमिकता हो। तथापि, यस प्रकारको घटना दुर्लभ छ। हाम्रो टोलीलाई त्यस्ता परिस्थितिहरू ह्यान्डल गर्न तालिम दिइएको छ। हामी के भयो भनेर अनुसन्धान गरिरहेका छौँ र थप जानकारी छ। हामी भेट्दा साझा गर्नेछौँ ।’