
एजेन्सी– जापानमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी ६ जनाको ज्यान गएको छ ।
मध्य जापानको इशिकावा प्रान्तमा सोमबार अपराह्न ७ दशमलब ६ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पपछि समुन्द्री तटीय क्षेत्रहरुमा सुनामी आउन सक्ने चेतावनीसहित भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई छिटोभन्दा छिटो सुरक्षित स्थानमा जान भनिएको छ ।
सो क्षेत्रमा पाँच मिटरसम्म अग्लो छाल आउन सक्ने अनुमान गरिएको छ । सुनामीको चेतावनीपपछि हजारौं मानिसले घर छाडेर विस्थापन केन्द्रमा रात बिताएका छन् । उनीहरुलाई जापानी सेनाले खाना, पानी र कम्बललगायतका सामग्रीहरू वितरण गरिरहेको छ ।