जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाण्डु टुडे २०८० पुष १६ गते १८:३५ मा प्रकाशित

एजेन्सी– जापानमा शक्तिशाली भूकम्पसँगै सुनामीको चेतावनी जारी गरिएको छ ।

नर्थ सेन्ट्रलस्थित मध्य जापानको इशिकावा प्रान्त केन्द्रबिन्दु भएर ७.६ रेक्टर स्केलको भूकम्प गएको हो ।

सन् २०२४ को नयाँ वर्षको पहिलो दिन आएको शक्तिशाली भूकम्पसँगै सुनामीको चेतावनी जारी गरिएको छ । अधिकारीहरुले सुनामी आउन सक्ने भन्दै सावधानी अपनाउन भनेका छन् ।

जापानको मौसम विज्ञानसम्बन्धी एजेन्सीका अनुसार जापान सागरको तटमा रहेका क्षेत्रमा सुनामीको चुतावनी दिइएको छ ।

ती क्षेत्रका मानिसहरुलाई छिटोभन्दा छिटो सुरक्षित स्थानतर्फ जान भनिएको छ । भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिको विवरण सार्वजनिक गरिएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us