
काठमाण्डु, ३ पुस– उत्तर छिमेकी चीनमा गएराति भूकम्प गएको छ ।
चीनको उत्तर–पश्चिम ग्यान्सु प्रान्तमा मध्यरातमा ६.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको चिनियाँ समाचार एजेन्सी सिन्हवाले जनाएको छ । भूकम्पमा परी एक सयभन्दा बढीको ज्यान गएको छ ।
भूकम्पका असर ग्यान्सु प्रान्तका छिमेकी प्रान्तहरुमा पनि परेको सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । भूकम्पमा कारण सडक, भवन, विद्युतका पोल तथा खानेपानीका संरचना ध्वस्त भएका छन् ।
भग्नासेसमा कयौं मानिस हराइरहेकाले मृतक संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । अत्याधिक चिसो मौसमका कारण भूकम्प प्रभावित क्षेत्रमा उद्धारको काममा कठिनाई भएको छ । ग्यान्सुको तापक्रम सोमबार माइनस १४ डिग्री मापन भएको थियो ।