बुर्लाकोटीलाई महामन्त्री र झालाई प्रवक्ताको जिम्मेवारी दिने रास्वपाको निर्णय

काठमाण्डु टुडे २०८२ असार ७ गते १४:४० मा प्रकाशित

काठमाण्डू, ७ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कबिन्द्र बुलौकोटीलाई महामन्त्रीको जिम्मेवारी दिएको छ ।

रास्वपाको शुक्रबार बसेको बैठकले बुर्लाकोटीलाई महामन्त्रीको जिम्मेवारी दिएको हो । बुर्लाकोटी यसअघि सो पार्टीको महामन्त्री थिए । यस्तै बैठकले कार्यबाहक प्रवक्ता मनिष झालाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।

मुकुल ढकालले पार्टी छाडेपछि महामन्त्री र प्रवक्ता दुवै पद रिक्त थियो । निर्वाचन आयोगले विवरण अध्यावधिक नगरेका कारण ढकाल नै महामन्त्री र प्रवक्ता रहेको समाचार बाहिर आएलगत्तै रास्वपाले नयाँ निर्णय लिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us