
एजेन्सी– पूर्वअमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरको निधन भएको छ ।
कनेक्टिकटस्थित आफ्नै घरमा उनको एक सय वर्षको उमेरमा निधन भएको हो । किसिन्जर राजनीतिज्ञका साथै प्रसिद्ध कूटनीतिज्ञसमेत थिए । उनले रिचर्ड एम निक्सन र जेराल्ड फोर्ड राष्ट्रपति हुँदा अमेरिकी विदेश नीतिमा महत्वपूर्ण परिवर्तन ल्याउन काम गरेका थिए ।
परराष्ट्रमन्त्री भएकै बेला उनी ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा सल्लाहकारसमेत थिए । जर्मनीबाट भागेर यहूदी आप्रवासीका रूपमा अमेरिका प्रवेश गरेका किसिन्जरले हार्वर्ड विश्वविद्यालयबाट स्नातकोत्तर गरेका थिए ।
स्थापित लेखक किसिन्जरले राजनीतिमा आउनुअघि हावर्ड विश्वविद्यालयमा पढाउँथे ।