
काठमाण्डु, १३ मंसिर– लमजुङ जिल्लाको दोर्दी गाँउपालिकाले नेपालमै पहिलो पटक एक समलिंगी जोडीको विवाह दर्ता गरेको छ । सर्वोच्च अदालतको आदेश एवं राष्ट्रिय पञ्जीकरण विभागको निर्देशन अनुसार, दोर्दी गाँउपालिका–२ को वडा कार्यालयले विवाह दर्ता गरेको एक अधिकारीले जानकारी दिएका छन ।
लमजुङको दोर्दी गाँउपालिका–२ का रामबहादुर गुरुङले नवलपरासीको कावासोती नगरपालिका–८ का सुरेन्द्र पाण्डेसँग समलिंगी विवाह गरी दोर्दी गाँउपालिका–२ को वडा कार्यालयमा समलिंगी विवाह दर्ताका लागि निवेदन दिएाक थिए । समलिंगी अधिकारको वकालत गर्दै आएका अधिकारकर्मी सुनिलबाबु पन्तले समलिंगी विवाह नेपालकै पहिलो भएको बताएका छन । उनले भने, ‘आजको दिन नेपालमा समलिंगी अधिकारका लागि कोशेढुंगा हो ।
यो नेपालमा मात्रै नभएर दक्षिण एसियामा नै पहिलो घटना हो ।’ गाउँपालिकाले विवाह दर्ता गर्न नमानेपछि उनीहरुले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा उजुरी गरेका थिए ।