

काठमाण्डु, ४ मंसिर– इलाममा भएको बस दुर्घटनामा परी तिन जनाको मृत्यु भएको छ । इलामको रोङ गाउँपालि किटानी भन्ने स्थानमा आइतबार भएको बस दुर्घटनामा परी तिन जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
धनुषाधाम–९ धारापानी बस्ने वर्ष १२ का बालक अर्पण लामाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य ३६ जना घाइते भएका थिए । घाइतेमध्ये धनुषाधाम–९ धारापानी कै वर्ष ३५ की मनवति लामा र वर्ष ६० कि शान्तमाया तामाङको मृत्यु भएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन ।
मनवतीको उपचारको क्रममा हिंजो राती ८ बजेर ४० मिनेट जाँदा मृत्यु भएको हो भने तामाङको आज बिहान ९ बजेर २० मिनेटमा मृत्यु भएको हो । अन्य घाइते सबैको झापा विर्तामोडको बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ । मृत्यु भएकाहरुको शव अस्पतालमै रहेको छ । प्रहरीले बसका चालकलाई आइतबार राती नै पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।