
इलाम, ३ मंसिर– इलाममा विद्यार्थी सवार बस दुर्घटना भएको छ ।
जनकपुरबाट शैक्षिक भ्रमणमा गएका विद्यार्थी सवार बस इलामको कन्यामबाट फर्कने क्रममा आइतबार साँझ पल्टिएको हो ।
ना६ख ८४२४ नम्बरको बस मेची राजमार्गअन्तर्गत रोङ गाउँपालिका– ३ कोल्बुङमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बस सडकबाट तीन सय मिटर तल खसेको इलाम प्रहरीका एसपी दिलिप घिमिरेले बताए । घिमिरेका अनुसार बसमा विद्यार्थी र शिक्षक गरी ३७ जना सवार थिए ।
बसमा सवारमध्ये ३६ जनाको उद्धार गरी उपचारका लागि बिर्तामोड पठाइएको छ । बसमा च्यापिएका एक जनाको भने उद्धार प्रयास जारी छ ।
घाइतेमध्ये केही अवस्था गम्भीर छ ।