

काठमाण्डु,२ मंसिर– कैलालीको अत्तरियामा ट्रकले ठक्कर दिंदा एक जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको शिखर नगरपालिका–२ बस्ने ६० वर्षीय भगवती रोस्यारा रहेकी छन ।
शुक्रबार साँझ धनगढीबाट अत्तरियातर्फ आइरहेको म प्र ०३०१ख९६५० ट्रकले ठक्करदिंदा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी रोस्याराको उपचारका क्रममा राति सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । उनी डोटीमा कटी दिदीको नामले परिचित थिइन् ।
रोस्याराको मृत्युपछि उनका शुभेच्छुकहरूले सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिदी दुस्ख व्यक्त गरिरहेका छन् । ट्रक र चालक डडेल्धुराको अजयमेरू गाउँपालिका–१ का ३४ वर्षीय नरेश भण्डारीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएर घटना बारे थप अनुशन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।