म मेयर भए महल बनाउने नक्सा पास रोक्थें: उपसभामुख

काठमाण्डु टुडे २०८० मंसिर १ गते १२:५५ मा प्रकाशित

काठमाण्डु, १ मंसिर– प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले नेपालमा ठूला महल बनाउन दिन नहुने बताएकी छन । उनले हरेक व्यक्तिले घर बनाउँदै जाँदा खेतीका लागि जग्गा बाँकी नरहने भन्दै उनले आफू मेयर भएको भए महल बनाउने नक्सा पास रोकिदिने बताएकी छन ।

आज (शुक्रबार) विश्व शौचालय दिवसको अवसरमा ललितपुरमा आयोजित एक कार्यक्रममा उपसभामुख रानाले यस्तो बताएकी हुन । उनले भनिन्, ‘महल बनाउनका लागि जो नक्सा पास गर्न आउँछन् नि त्यो म मेयर भए रोकिदिन्थें । सबैले घर बनाउँदै जाने दुई÷तीन जनाका लागि भने कहाँ बच्छ रु सबै जंगल फाँड्छन् ।

खानलाई पनि पुग्दैन जस्तो लाग्छ, विश्वको अवस्था हेर्ने हो भने ।’ उनले नेपालमा राम्रो काम गर्दा असहयोग गर्ने परिपाटी रहेको पनि बताएकी छन । उनले आफूले कोरोनाको बेलामा समस्यामा परेकाहरुलाई खाना खुवाउँदा विरोध सहनु परेको भन्दै उनले भनिन्, ‘कोरोनाको बेलामा मैले खाना खुवाउँदा दरबारमार्गमा फोहोर भयो भनेर बिरोध गरे ।

मैले खाना खानेहरुलाई पनि बोलाएर त्यहीँ बेस्करी सफा गरेको छु । दरबार स्क्वाएरमा । पानीका कारण मोटरबाइक आउनलाई गाह्रो भयो भनेर मलाई गाली ग¥यो । केही गर्दा नहुने के यो देश, केही गर्दा नहुने ।’ काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पनि विदेशी फूललाई प्रतिबन्ध लगाएको र निःशुल्क शौचालयको थप व्यवस्था गर्न खोज्दा होटल व्यवसायीहरुले नमानेको आरोप पनि उनले लगाइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us