

काठमाण्डु, २७ कात्तिक– राष्ट्रपति रामचन्द्र पौडेलले तिहारको शीतलनिवासमा गाई पूजा गरेका छन् ।
तिहारको तेस्रो दिन उनले विधिपूर्वक पूजा गरी गाईलाई खानेकुरा दिए । आज गाईपूजा गरेका छन् । कात्तिक कृष्ण औँसी अर्थात् गाईतिहारका दिन लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गर्ने प्रचलन छ ।
श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षासूत्र (डोरो) आजका दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ । त्यसो गर्दा मृत्युपछि गाइले बैतरणी नदी तारेर स्वर्गलोक पु¥याइदिने जनविश्वास छ ।
गाईको दूध आमाले खुवाएको दूधजत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाताका नामले सम्मान गरिन्छ ।