काठमाण्डु,२६ कातिक– यस वर्षको तिहारमा काठमाण्डु उपत्यकामा २४ सै घण्टा देउसीभैलो खेल्न पाइने भएको छ ।
तिहारमा देउसीभैलो खेल्न कुनै सीमित समय निर्धारण नगरेको भन्दै काठमाण्डुमा २४ सै घण्टा सौहार्दपूर्ण वातावरणमा देउसीभैलो खेल्न पाइने प्रहरी र सुरक्षा समितिले जानकारी दिएको छ ।
सुरक्षित, व्यवस्थित र मर्यादित ढङ्गले देउसीभैलो खेली तिहार मनाउन । काठमाण्डुका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले आग्रह गर्नु भएको छ ।
उनले कसैले समय तोकेर देउसीभैलो खेल्न अवरोध गरे प्रहरीलाई खबर गर्न आग्रह गरेका छन । उनले भने, ‘काठमाण्डुमा आफ्नो संस्कृति अनुसार देउसीभैलो खेल्नका लागि कुनै सीमित समय तोकेका छैनौँ।
प्रहरी र सुरक्षा समितिले काठमाण्डौमा २४ सै घण्टा सौहार्दपूर्ण वातावरणमा देउसीभैलो खेल्न खुला रहेको छ ।
प्रहरी २४सै घण्टा सुरक्षा दिन तयार छ । तर नागरिकहरुले कुनै उश्रृङ्खल क्रियाकलाप नगरि सौहार्दपूर्ण रुपमा खेल्न आवश्यक छ ।’