

काठमाण्डु,२६ कातिक– कञ्चनपुरको लालझाडी गाउँपालिका–१ बिनबारीमा एक दम्पती आफ्नै घरमा मृत भेटीएका छ ।
बिनबारीका २६ वर्षीय श्यामकुमार राना र उनकी पत्नी २५ वर्षीया पुष्पा राना घरभित्र झुण्डिएको अवस्थामा फेला परेका प्रहरीले जानकारी दिएको छ ।
राना दम्पती मृत फेला परेको विषयमा प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिएका छन ।