

रुकुमपश्चिम, २५ कात्तिक–गत १७ कात्तिकको राति जाजरकोट केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पमा परी घाइते भएका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा चौरजहारी नगरपालिका–१ घारिगाँउका २३ वर्षीय निरोज विष्ट छन् । उनको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो ।
उनी चौरजहारी नगरपालिकामा नगर प्रहरीमा कार्यरत थिए । योसँगै भूकम्पमा परी मृत्यु हुनेको संख्या १ सय ५४ पुगेको छ ।
रुकुमपश्चिममा भूकम्पमा परी यसअघि ५२ जनाले ज्यान गुमाएका थिए ।