विवादित टिकटकर शान्ति बराललाई माओवादी केन्द्रले गर्‍यो कारबाही

काठमाण्डु टुडे २०८० कार्तिक २० गते १८:३२ मा प्रकाशित

काठमाण्डु, २० कातिक– नेकपा (माओवादी केन्द्र)ले विवादित टिकटकर शान्ति बरालमाथि अनुशासनको कारबाही गरेको छ ।

माओवादी केन्द्र सैनामैना नगर समितिले एक विज्ञप्ति जारी गर्दै बराललाई सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जानकारी दिएको छ ।

उनी सैनामैना नगर समिति सदस्य तथा वाइसिएल नेतृसमेत थिइन् । चर्चित टिकटकर रहेकी उनी पछिल्लो समय अश्लील गतिविधि देखाएकोमा आलोचित भएकी थिइन् ।

बरालले पार्टीको साङ्गठनिक जिम्मेवारी, आम नेपालीको सामाजिक र सांस्कृतिक व्यवहारका विरूद्ध सामाजिक सञ्जालमा प्रस्तुत भएकाले निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख गरीएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us