तीन दिनभित्रै सबै ठाउँमा राहत पुग्छ: जनार्दन शर्मा

काठमाण्डु टुडे २०८० कार्तिक २० गते १७:२८ मा प्रकाशित

काठमाण्डु, २० कातिक– नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले रुकुमपश्चिमको भूकम्प प्रभावित ठाउँमा तीनदिनभित्रै राहत सामग्री पठाइसक्ने जानकारी दिएका छन ।

आज जिल्ला व्यवस्थापन समितिको बैठकमा उनले राहत वितरणको काम तीव्र पारिने बताएका छन । उनले भने, ‘हामीले योजना बनाएर नै राहत वितरणको काम सुरु गरेका छौँ ।

कुन ठाउँमा कति क्षति भएको छ । कस्तो खालको राहतका सामग्री आवश्यक पर्ने हो । कुन क्षेत्रलाई हामीले बढी प्राथमिकतामा राखेर राहत वितरणको काम गर्ने भन्ने योजना बनाएर नै राहत वितरण हुन्छ । ’

राहत वितरणपछि पुनःनिर्माण नभएसम्मका लागि अस्थायी बासको व्यवस्थाका लागि काम गर्ने र पुनःनिर्माणमा लाग्ने उनले बताएका छन ।

भूकम्पका कारण अवरुद्ध भएको विद्युत् तथा सडक मर्मत र फोन सेवालाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने योजना रहेको शर्माले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us