
काठमाण्डु, २० कातिक– काठमाडौं उपत्यका सहित देशका केहि स्थानमा भूकम्पको झड्का महसुस गरिएको छ ।
सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो ।भारतको राजधानी नयाँ दिल्लीमा पनि भूकम्पको धक्का महसुस गरिएको समाचार संस्था एएनआईले जानकारी दिएको छ ।
यसअघि शुक्रवार राति ११ बजेर ४७ मिनेटको समयमा जाजरकोटलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो । पश्चिम नेपालका बुटवल, सुर्खेत र दाङ लगायतका स्थानमा पनि धक्का महसुस गरिएको छ ।