
काठमाण्डु, २० कातिक– सता रुढदल नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ ।
सो पार्टीको आज सोमबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको एक नेताले जानकारी दिएका छन ।
बैठकले राजनीतिक नियुक्तिमा गएकाहरुलाई १५ दिनको पारिश्रमिक पार्टी कोषमा जम्मा गर्न निर्देशन दिएको छ ।
पार्टी कार्यकर्ताबाट सहयोग संकलन गरेर राहत कोषमा जम्मा २५ लाख रुपैयाँ जम्मा गरिने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन ।