राष्ट्रपति पौडेलको युरोप भ्रमण स्थगित

काठमाण्डु टुडे २०८० कार्तिक २० गते १५:०४ मा प्रकाशित

काठमाण्डु, २० कातिक– राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ । भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकुल नरहेकाले स्थगित गरिएको राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेले जानकारी दिएका छन ।

फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन राष्ट्रपति २२ कात्तिकमा त्यसतर्फ जाने र त्यसपछि जर्मनी र इटालीको भ्रमण गरेर १ मंसिरमा स्वदेश फर्किने तय भएको थियो ।

तर गत शुक्रबार जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडालाई केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्पले जारजकोट र रुकुम पश्चिममा गरी १५३ जनाको मृत्यु र सय भन्दा धेरै घाइते भएपछि राष्ट्रपतिलाई विदेश भ्रमण स्थगित गर्न सार्वजनिक रुपमा दबाब परेको थियो ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us