दाङमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

काठमाण्डु टुडे २०८० कार्तिक २० गते १४:१३ मा प्रकाशित

काठमाण्डु, २० कातिक– दाङमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–८ सतबरिया बस्ने ५५ वर्षीय भिनसेन थारू रहेका छन ।

दाङको लमही नगरपालिका–८ सतबरियामा मुगुबाट काठमाडौँतर्फ जाँदै गरेको बा.३३ प ३६३४ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री थारूको आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पताल हुँदै थप उपचारको लागि भेरी अस्पताल नेपालगन्ज बाँके रिफर गरिएको छ भने मोटरसाइकलमा सवार १ जना उपचार पश्चात् डिस्चार्ज भएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us