
काठमाण्डु, २० कात्तिक– आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम –एमडिएमएस) प्रणाली लागू हुँदैछ ।
नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि एमडिएमएस प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने लागिएको जनाएको छ । योसँगै उक्त प्रकणालीमा दर्ता नभएका मोबाइल फोन नचल्ने प्राधिकरणको भनाइ छ ।
त्यस्ता फोटहरु पहिचान गरी क्रमशः सेवा ब्लक गर्ने तयारी प्राधिकरणको छ । एमडिएमएस प्रणालीमा दर्ता नभएका अवैध रुपमा भित्रिएका वा चोरीका मोबाइल फोनमा कुनै पनि कम्पनीका सिमकार्ड चल्ने छैनन् ।
यसअघि प्राधिकरणले गत ४ कात्तिकमा सूचना जारी गर्दै १५ दिनभित्र एमडिएमएसमा दर्ता नभएका मोबाइल ह्यान्डसेटहरू दर्ता गर्न सेव्रग्राहीलाई अपिल गरेको थियो ।