सांसदको १५ दिन बराबरको पारिश्रमिक भूकम्प पीडितलाई दिने कांग्रेसको निर्णय

काठमाण्डु टुडे २०८० कार्तिक १९ गते १५:२६ मा प्रकाशित

काठमाण्डु, १९ कातिक– कांग्रेसका सांसदहरुले १५ दिन बराबरको पारिश्रमिक भूकम्प पीडितलाई दिने भएका छन ।

भूकम्प पीडितहरुको उद्धार, राहत र पुनर्स्थापनाका लागि संघीय संसदमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरुले सो बराबरको रकम दिने निर्णय भएको कांगे्रसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन ।

आज आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले सो निर्णय गर्दै भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुख व्यक्त गरेको प्रमुख सचेतक लेखकले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us