कांग्रेस संसद पौडेलले एक महिनाको तलब भूकम्प पीडितलाई दिने

काठमाण्डु टुडे २०८० कार्तिक १९ गते १५:०९ मा प्रकाशित

काठमाण्डु, १९ कातिक– कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले जाजरकोट भूकम्प पीडितको राहत र पुनःस्थापनाका लागि सरकारको कोषमा आफ्नो एक महिनाको तलब दिने घोषणा गरेका छन ।

शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी जाजरकोट र रूकुम पश्चिममा निकै ठूलो मानवीय एवं भौतिक क्षति पुगेको छ ।

भूकम्पमा परी कैयौं नागरिकले ज्यान गुमाएका छन्, सैयौं घाइते भएका छन् ।‘विपत्तिको समयमा भूकम्पले क्षति पुर्याएका ठाउँमा मानवीय उद्धारको कामलाई अझ तीव्र बनाउँन र पुनस्थापनाका लागि सरकारको कोषमा संघीय सांसदको रुपमा प्राप्त हुने एक महिनाको तलब हस्तान्तरण गर्ने घोषणा गर्दछु’ सांसद पौडेलले भनेका छन् ।

उनले राहत तथा सहयोगका लागि सहयोगी मन भएका सम्पूर्णमाअनुरोध समेत गरेका गरेका छन । सांसद पौडेलले भूकम्पमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभ कामना गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us