अफगानिस्तान भूकम्पमा दुई हजारको मृत्यु

काठमाण्डु टुडे २०८० असोज २१ गते १२:४८ मा प्रकाशित

एजेन्सी– फगानिस्तानमा गएको ६.३ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी २ हजार मानिसको ज्यान गएको छ ।

स्थानीय समयअनुसार शनिबार राति ११ बजे पश्चिमी सहर हेरातबाट ४० किलोमिटरको दूरीमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो ।
समाचार संस्था एपीका अनुसार शनिबार बिहानसम्म मृतकको संख्या दुई हजा नाघेको छ ।

सयौं घाइते भएका र कतिपय मानिस घर तथा भवनमा भग्नावशेषमा पुरिएकाले मर्नेको संख्या अझै बढ्ने अनुमान गरिएको छ । मृतको शव संलकन गरी अस्पताल तथा सैन्य शिविरमा राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us