
एजेन्सी– प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणपछि भएको युद्धमा ४ सय ५० जनाले ज्यान गुमाएका छन् ।
दुवैतर्फ गरी आइतबार बिहानसम्ममा ४ सय ५० को मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
जसमध्ये हमासको आक्रमणमा मारिनेको संख्या २ सय ५० र इजरायलको जवाफी कारबाहीमा परी २ सय जनाको ज्यान गएको न्यूयोर्क टाइम्सले जनाएको छ । दुर्वतर्फ गरी १ हजार ५ सय हाराहारीमा घाइते छन् । इजरायलका विभिन्न शहरमा अहिले पनि हमास र इजरायली सैनिकबीच युद्ध जारी छ ।
हमास लडाकुले प्यालेस्टिनी नागरिकलाई बन्दी बनाएर प्यालेस्टिनी क्षेत्र जागातर्फ लैजाँदै गरेका भिडियो सामाजि सञ्जालमा पोष्ट भएका छन् । अपहरणमा पर्नेमा कतिपय सैनिक अधिकारीहरु पनि छन् ।
हमासले शनिबार रकेट, समुन्द्र र स्थलमार्गबाट एकैसाथ इराकका विभिन्न सहरमा आक्रमण गरेको थियो । त्यसलगत्तै इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले युद्ध घोषणा गरेका थिए ।
उनले युद्धमा आफ्नो जित सुनिश्चित रहेको बताए । उनले दुश्मनले कल्पनै नगरेको मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् ।
हमासका सैन्य कमाण्डर मोहम्मद डैफले पनि इजरायलविरुद्ध युद्ध सुरु भएको भन्दै जहाँ रहेको भए पनि इजरायलविरुद्धको लडाईंमा सामेल हुन प्यालेस्टिनी नागरिकलाई अपिल गरेका छन् ।