टिष्टा नदीमा अचानक बाढी, २३ भारतीय सैनिक बगे

काठमाण्डु टुडे २०८० असोज १७ गते ११:२७ मा प्रकाशित

तस्बीर: सिक्किम एक्सप्रेस ।

एजेन्सी– भारतको सिक्किमस्थित टिस्टा नदीमा आएको बाढीमा बगेर २३ भारतीय सैनिक बेपत्ता भएका छन् ।

अचानक ठूलो बाढी आएको र २३ सैनिक बेपत्ता भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

समाचारमा जनाएअनुसार बुधबार बिहान लाचेन उपत्यका क्षेत्रमा एक्कासि नदीको सतह बढेको छ । चुंगथाङ ड्यामबाट साबिकभन्दा धेरै पानी बगेर आएपछ टिस्टा नदीमा बाढी आएको अधिकारीहरुले बताएका छन् ।

ड्यामको पानी नदीमा आएपछि नदी सतह २० फिटसम्म बढेको छ । बाढीले सडक बगाउनुका साथै घर तथा कार्यालयहरुमा क्षति पुगेको छ ।

बाढी आएपछि भारतका तल्लो तटीय राज्य तथा र बंगलादेशमा समेत सतर्कता अपनाउन सूचना जारी गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us