शिक्षकका जायज माग सम्बोधन हुन्छः कार्यबाहक प्रधानमन्त्री

काठमाण्डु टुडे २०८० असोज ४ गते १७:३८ मा प्रकाशित

काठमाण्डु, असोजकार्यवाहक प्रधानमन्त्री तथा कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालेआन्दोलनरत शिक्षकका जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताएकाछन् कांग्रेस केन्द्रीय समिति बैठकमा बिहीबार खड्काले सरकारका तर्फबाटशिक्षक आन्दोलनबारे जानकारी गराएका थिए   नेपाल शिक्षक महासंघकोमागमध्ये कतिपय शिक्षा नियमावलीमै समावेश गर्नुपर्ने खालका रहेको उनकोभनाइ थियो

त्यसका लागि शिक्षा नियमावली सम्बोधन गर्न सकिने खड्काले बताए संविधानले शिक्षाका सम्बन्धमा गरेको व्यवस्था प्रतिकूलहुनेबाहेक जुनसुकै एजेण्डामा छलफल गर्न सरकार तयार जानकारी उनले दिए

कर्मचारीसँग शिक्षक महासंघले वार्ता नबस्ने अडान राखेपछि मन्त्रीको नेतृत्वमा वार्ता गरिएको पनि जानकारी दिए

सरकारी वार्ता टोलीको नेतृत्व उपप्रधानमन्त्रीले गर्नुपर्छ भन्ने माग आएपछि आफूले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाईशिक्षामन्त्री राखेर छलफल गर्न आग्रह गरेको पनि जनाए श्रेष्ठले बिहीबार बिहान एक चरणमा छलफल गरेको बेलुका फेरि महासंघ सरकारबीच वार्ता हुने जानकारी दिए

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us