राष्ट्रपति पौडेलद्वारा ६ सय ७० जना कैदीको कैद मिनाहा

काठमाण्डु टुडे २०८० असोज २ गते १८:४८ मा प्रकाशित

काठमाण्डु, २ असोज– राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसरमा ६ सय ७० जना कैदीको भुक्तान हुन बाँकी कैद मिनाहा गरेका छन् ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले मंगलबार विज्ञप्ति जारी उर्दै उक्त जानकारी दिएकी हुन् ।
भीमबहादुर खवास समेत ४९७, हर्कबहादुर लिम्बु समेत १७० जना र जेष्ठ नागरिक सहनदिन भन्ने समदिन मियाँ समेत ३ जनाको सजाय माफ गरिएको उनले बताइन् ।

गत भदौ २९ मा बसेको मन्त्रिपरिषद बैठकले दिवसका अवसरमा कैद मिनाहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । हरेक वर्ष संविधान दिवसका अवसरमा राष्ट्रपतिले कैदी मिनाहा गर्ने चलन छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us