
काठमाण्डु, २ असोज– शिक्षकहरुले बुधबारबाट देशभरका सामूदायिक विद्यालयमा पठनपाठन ठप्प पार्ने चेतावनी दिएका छन् ।
आफूहरुसँग परामर्श नगरी ल्याइएको शिक्षा विधेयक २०८० मा शिक्षकविरोधी प्रावधान राखिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार बोलाएको वार्ता नेपाल शिक्षक महासंघले बहिस्कार गरेको छ ।
मन्त्रालयले विज्ञप्ति जारी गरेर महासंघलाई वार्तामा बोलाएको थियो ।
मन्त्रालयले शिक्षामन्त्री अशोककुमार राईको संयोजकत्वमा समस्या समाधानका लागि वार्ता टोली गठन गरेको थियो ।
विधेयक संसदमा दर्ता भइसकेकाले मन्त्रालयसँग वार्ता गर्नुको औचित्य नरहेको शिक्षकहरुको भनाइ छ ।