पूर्वमाओवादी सेनाबाट आएका सहायक रथी अधिकारीको पदावधि तीन वर्ष थप

काठमाण्डु टुडे २०८० असोज २ गते ८:३७ मा प्रकाशित

काठमाण्डु, २ असोज– सरकारले नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारीको पदावधि फेरि तीन वर्ष थप गरेको छ ।

अधिकारी पूर्वमाओवादी सेनाको नेतृत्व गर्दै समायोजनमा गएका उच्च अधिकृत हुन् । समायोजन भएका बखत उनी उपसेनानी थिए ।
मन्त्रिपरिषदको गत साता बसेको बैठकले उनको पदावधि थप गरेको हो ।

पदावधि थप नभएको भए अधिकारी १ असोजमा कार्यकाल सकाएर घर जाने दिए । यसअघि विशेष पद श्रृजना गरेर अधिकारीलाई चार वर्षअघि तत्कालीन केपी ओली नेतृत्वको सरकारले सहायक रथीमा बढुवा गरेको थियो ।

अधिकारी वन तथा पर्यावरण सुरक्षा निर्देशनालयको निर्देशक छन् । सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले मन्त्रिपरिषदले अधिकारीको पदावधि थप भएको जानकारीसहितको पत्र रक्षा मन्त्रालयबाट सैनिक मुख्यालय आइपुगेको बताए ।

अधिकारी १ हजार ३ सय ३१ माओवादी पूर्वलडाकुको नेतृथ्व गर्दै ०६९ चैत ३० गते नेपाली सेनामा सामायोजन भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us