पाल्पा, १ असोज– हरितालिका तीजका अवसरमा आयोजित नाचगानका क्रममा झडप हुँदा एक जनाको मृत्यु भएको छ ।
तिनाउँ गाउँपालिका–२ घोडेवासका २४ वर्षीय सुनिल खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतबार साँझ तीजको नाचगान भइरहेका बेला साथीहरुबीच विवाद भएको र त्यस क्रममा कुटपिट हुँदा खत्रीको मृत्यु भएको पाल्पा प्रहरी प्रमुख एसपी हेरम्ब शर्माले बताए ।
कुटपिटबाट घाइते खत्रीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको शर्माले जानकारी दिए ।
यसैबीच प्रहरीले घटनामा संलग्न रहेको आरोपमा चार युवालाई पक्राउ गरेको छ ।