
जनकपुर, ३१ भदौ– कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधिले आफ्नो दल र एमाले मिलेर सरकार बन्न सम्भव नरहेको बताएका छन् ।
जनकपरमा आइतबार आयोजित कार्यक्रममा निधिले कांग्रेस–एमाले मिलेर सरकार बनाउने हल्ला सत्य नभएको बताए । वर्तमान गठबन्धन सरकार पाँच वर्ष चल्नेमा आशंका नरहेको यनको भनाइ थियो ।
‘यो गठबन्धन सरकार पाँच वर्ष चल्छ । यसमा कुनै द्विविधा नराखे हुन्छ,’ निधिले भने, ‘पूर्वसहमति अनुसार नै सरकारको नेतृत्व परिवर्तन भने हुनसक्छ ।’
राजनीतिक स्थायित्वका लागि पनि वर्तमान गठबन्धन र सरकार पाँच वर्ष चल्नुपर्नेमा निधिले जोड दिए ।