काठमाण्डू, ३० भदौ– काठमाण्डूको तीनकुनेमा भएको सामूहिक हत्या काण्ड अनुसन्धान गर्न प्रहरीले समिति गठन गरेको छ ।
शुक्रबार राति एक काठमिलमा एकै परिवारका तीनसहित चार जनाको हत्या भएको थियो । उपत्यका प्रहरी कार्यालय रानीपोखरीकाप्रमुख एआइजी दीपक थापाले पाँच सदस्यीय अनुसन्धान समिति गठन गरेका हुन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरको नेतृत्वमा गठित समितिमा सोही कार्यालयी डिएसपी सुरक्षाकेसी, जिल्ला प्रहरी परिसरका काठमाण्डूका डिएसपी हरि खतिवडा, प्रहरी वृत्त वानेश्वरका निरीक्षक विरेन्द्र केसी सदस्य छन् ।
समितिलाई घटनाको सुक्ष्म अनुसन्धान गरी छिटो प्रतिवेदन बुझाउन एआइजी थापाले निर्देशन दिएका छन् । शुकुरबार राति भएको हत्याकाण्डमा दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती र आमा तथा २० वर्षीय नवीन राई मारिएका थिए ।
नवीनका आफन्त पट२८ वर्षीय दीपेन्द्र राई प्रहरी नियन्त्रणमा छन् ।