
चितवन, २३ भदौ– चितवनमा दुईवटा ट्रक आपसमा ठोक्किँदा एक चालकको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ति नगरपालिका–३ झुरझुरेमा शनिबार बिहान पूर्वतर्फ जाँदै गरेको प्र–२३००२ख५६०९ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना३ख ५४८८ नम्बरको ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामाना३ ख ५४८८ को ट्रक चालक पूर्वी नवलपरासी गैँडाकोट–१ का ४२ वर्षीय प्रकाश कुँवरको मृत्यु भएको प्रहरीले चितवन प्रहरीले जनाएको छ ।
गम्भीर घाइते उनको उपचारका क्रममा पुरानो मेडिकल कलेज भतरपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजय पण्डितले जानकारी दिए ।
दुर्घटनामा दुवै ट्रकका सहचालक १८ वर्षीय रविनकुमार यादव र २८ वर्षीय निकेश राउत कुर्मी घाइते भएका छन् । उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।