बालेन्द्रको अपरिपक्व शैलीः चीनलाई पत्र लेख्ने होइन, बोलाएर आदेश दिने हो

काठमाण्डु टुडे २०८० भदौ २१ गते ७:५७ मा प्रकाशित

काठमाण्डु, २१ भदौ– काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपालको संसदले पारित गरेको चुच्चे नक्सालाई मान्यता नदिएकामा चीनलाई कुटनीतिक पत्र लेख्ने सरकारको निर्णयप्ति आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले पत्राचार गर्ने नभई तत्काल चिनियाँ राजदूत र परराष्ट्र मन्त्रालयलाई प्रधानमन्त्री कार्यालय बोलाएर नक्सा सच्याउन आदेश दिनुपर्नेमा कुटनीतिक पत्राचार गर्ने निर्णय गर्नु झारा टार्ने काम भएको टिप्पणी गरेका हुन् । उनले सरकारको उक्त निर्णयप्रति खेद व्यक्त गरेका छन् ।

बालेन्द्रले नेपालमा जन्मिएर नेपाली भू–भागको माया नगर्नेहरु सरकारमा रहेको पनि आरोप लगाए । उनले चुच्चे नक्सा प्रकाशन गर्ने तत्कालीन केपी ओली नेतृत्वको सरकार ढालेको भन्दै वर्तमान सत्ता गठबन्धनप्रति पनि खेद व्यक्त गरे । चीनले नेपालको चुच्चे नक्सालाई मान्यता नदिएसम्म नेपालस्थित चिनियाँ दूतावासले आयोजना गर्ने कार्यक्रममा आफ्नो महानगरका कोही पनि सहभागी नुहने उल्लेख गरे ।

‘नेपालमा जन्मिएर नेपाली भू–भागप्रति माया नहुने, तत्काल चिनिया राजदूत र परराष्ट्र मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर नक्सा सच्याउन आदेश नदिएर कुटनीतिक पत्राचार गर्ने निर्णय गरेर झाडा टार्ने सरकारप्रति खेद छ’, उनले ट्विट गर्दै भनेका छन्, ‘अझ चुच्चे नक्सा प्रकाशन गर्ने सरकार ढाल्न अनेक प्रपञ्च गर्ने मोर्चा, गठबन्धनप्रति खेद छ । अब यहीमाथि उल्लेखित भाषा प्रयोग गरी चिनिया दूतावासमा एउटा पत्र लेखौं र नेपाली सिमानादेखिने नक्सा नसच्याएएसम्म कामपाको कुनै पनि पदाधिकारी त्यस दूतावासले आयोजना गरेका कार्यक्रममा सहभागी हुने छैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us