
काठमाण्डु, १७ भदौ– सरकारले यो वर्ष तीन दिनसम्म संविधान दिवस मनाउने भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आइतबार बसेको संविधान दिवस मूल समारोह समिति बैठकले आगामी असोज २ देखि ४ गतेसम्म तीन दिनसम्म विविध कार्यक्रम गरी संविधान दिवस मनाउने निर्णय गरेको हो ।
सञ्चार प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले २ असोजमा स्मारिक प्रकाशन, संवाद, परिसंवाद तथा अन्तरक्रिया, ३ असोजमा गते सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्ने निर्णय भएको जानकारी दिइन् ।
यस्तै सरकारले सिंहदरबारसहित सबै सरकारी कार्यालय र हरेक घरघरमा तीन दिनसम्म साँझ दिप प्रज्वलन गर्ने निर्णय पनि गरेको छ ।
काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साहले सिंहदरबारमा आगो लगाउने धम्की दिएकै दिन सरकारको यस्तो निर्णय बाहिर आएको हो ।
आफ्नी पत्नी सबिना काफ्ले सवार महानगरको गोडी ट्राफिक प्रहरीले रोकेको झोकमा बालेनले शनिबार राति सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै सिंहदरबारमा आगो लगाउने धम्की दिएका थिए ।