जम्मा ४५ सेकेण्ड मात्र रोकेको थियो ट्राफिक प्रहरीले बालेन पत्नी चढेको गाडी

काठमाण्डु टुडे २०८० भदौ १७ गते ८:०५ मा प्रकाशित

काठमाण्डु, १७ भदौ– काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन) पत्नी सबिना काफ्ले सवार गाडी ट्राफिक प्रहरीले जम्मा ३० देखि ४५ सेकेण्ड मात्र होल्ड गराएको खुलासा भएको छ ।

शनिबार राति नियमित सुरक्षा जाँचका  क्रममा प्रहरीले कोटेश्वर चोकमा सरकारी नम्बर प्लेटको बालेन पत्नी सबार हानगरपालिको गाडी रोकेर सोधपुछ गरेको थियो ।

सातदोबाटोतर्फबाट हुइिँकिएर आएको उक्त गाडीभन्दा अगाडि अरु दुई/तीनवटा गाडी चेकजाँचका लागि रोकिएका थिए । चेकजाँचमा रोकिएकामा चालकले आपत्ति जनाएका थिए ।

चेकिङमा खटिएका ड्यटी इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) सुशील न्यौपानेले बिदाको दिन जिल्ला प्रशासन कार्यालयले जारी गर्ने सवारी पास मागेका थिए । तर, मेयरको गाडी भन्दै चालकले पास नचाहिने बताए ।

न्यौपानेले काठमाण्डुमा धेरै नगरपालिका छन्, कुन नगरपालिकोको मेयरको गाडी हो भनेर सोधेपछि चालक रिसाउँदै काठमाण्डको मेयर साबको हो । गाडीमा हुनुहुने मेयरसाबको म्याम हो भन्ने जवाफ दिए । सई न्यौपानेले मेयर साबको म्याम भए पनि बिदाका दिन सवारी पास चाहिने भन्दै अबदेखि पास लिएर हिंड्न सुझाव दिएका थिए ।

‘सुशील न्यौपाने नामजस्तै भद्र र शालीन प्रहरी हो । उहाँले नम्र स्वरमा बलेनजी विधि प्रक्रिया बुझेकै मान्छे हुनुहुन्छ । अबदेखि बिदाका दिन पास लिएर हिंड्नुहुला है भन्नुभएको रहेछ’, ट्राफिक प्रहरीका एक उच्च अधिकृतले भने, ‘त्यति भन्न जम्मा ३० देखि ४५ सेकेण्ड मात्र लागेको थियो रे गाडी घरमा पुगेपछि बालेनको स्टाटस आयो ।’

बालेनले आफ्नी श्रीमती सवार गाडी रोकिएको झोकमा सामाजिक सञ्जालमा महानगरको गाडी रोकिए सिंहदरबार जलाउने धम्की दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us