नितरुता सिंहले भारतीय नागरिकसँग बिहे गरिन्

काठमाण्डु टुडे २०८० भदौ १६ गते १६:३६ मा प्रकाशित

काठमाण्डु, १६ भदौ– अभिनेत्री निरुता सिंह विवाह बन्धनमा बाँधिएकी छन् ।

उनले भारतीय नागरिक सञ्जीभ गुलाटीसँग विवाह गरेकी हुन् ।

सिंहले आफ्ना पतिको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी छन् । उनीहरुबीच बिहीबार विवाह भएको बताइएको छ । आफूले विवाह गरेको र छिट्टै नेपाल आउने उनले बताइन् ।

‘तपाईँहरूको निरुता सिंहले गत बिहीबार मुम्बई निवासी श्री सञ्जीभ गुलाटीसँग लगन गाठो जोडेको छ । हजुरहरूको माया अनि आशीर्वादको अपेक्षा गरेको छु । चाँडै सबैलाई भेट गर्न अनि आशीर्वाद लिन नेपाल आउने छु’, उनले भनेकी छन् ।

आफूमाथि सोधिने कहिले विवाह गर्ने भन्ने पश्नको पनि अन्त्य भएको उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us