अमेरिकाले भन्योः नेपालको संविधान एमसीसी सम्झौताभन्दा माथि छ

काठमाण्डु टुडे २०८० भदौ १३ गते ८:१० मा प्रकाशित

काठमाण्डु, १३ भदौ– अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाबारे नेपालको संसदले पारित गरेको १२ बुँदे ब्याख्यात्मक घोषणा स्वीकार्य रहेको जनाएको छ ।

काठमाण्डुस्थित अमेरिकी दूतावासले एक विज्ञप्ति जारी गर्दै व्याख्यात्मक घोषणसँग सहमत रहेको स्पष्ट गरेको हो । उक्त सम्झौता आजदेखि कार्यान्वयनमा जाँदैछ ।

प्रतिनिधिसभाले २०७८ फागुन १५ मा १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित उमसीसी सम्झौता अनुमोदन गरेको थियो । तर, नेपालमा भने संसदले अनुमोदन गर्दैका ब्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार नगर्ने चर्चा केहीले चलाएका थिए ।

‘नेपालको संसदले एमसीसीका बारेमा गरेको व्याख्यात्मक घोषणासँग हामी सहमत छौं ’, ज्ञिप्तिमा भनिएको छ । विज्ञप्तिमा नेपालको संविधान एमसीसी नेपाल कम्प्याक्टभन्दा माथि रहेको पनि अमेरिकाले स्पष्ट गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us