अवैध रकमसहित दुबई उड्न लागेका फिलिपिनो पक्राउ

काठमाण्डु टुडे २०८० भदौ ८ गते ९:१६ मा प्रकाशित

काठमाण्डु, ८ भदौ– अवैध नेपाली र अमेरिक मुद्रासहित एक फिलिपियन नागरिक पक्राउ परेका छन् ।

अवैध रुपमा नक्कली रकम लुकाइछिपाई उड्न लागेका फिलिपिन्सका नागरिक ३२ वर्षीय आर्सिनो जेआर मेसालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 केन्द्रीय प्रहरी प्रवक्ता  डिआईजी कुवेर कडायतले उनको साथबाट एक सय दरको ३१ थान, २० दरको पाँच थान गरी तीन हजार दुई सय अमेरिकी डलर तथा एक हजार दरको तीन सय थान, पाँच सय दरको एक हजार एक सय थान गरी आठ लाख ५० हजार नेपाली रुपैयाँसहित बिहीबार पक्राउ गरिएको हो ।

कडायतका अनुसार उनी फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका बेला पक्राउ परेका हुन् । प्रहरीले पक्राउ परेका युवकलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us