
काठमाण्डु, ७ भदौ– कांग्रेसका नेता डा. राजाराम कार्कीको निधन भएको छ ।
६६ वर्षीय कार्कीको बुधबार राति उपचारका क्रममा वीर अस्पतालमा निधन भएको हो । उनी काँग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा बागमती प्रदेशका पूर्वप्रदेश सदस्य थिए ।
कार्की लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । धादिङको नीलकण्ठ नगरपालिकाका स्थायी बासिन्दा कार्की कांग्रेस नेपाल तरुण दलका पूर्वमहासचिव समेत थिए ।
यसैबीच काँग्रेस सभापति शेरबहादुर देउवाले कार्कीको निधनमा दुःख व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
काँग्रसले कार्कीको पार्थिव शरीर आज बिहान ९ बजेदेखि ११ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।